प्रतापपुर गाउँपालिकाद्धारा चोक–चोकमा फ्रि–वाईफाई जडान




पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले फ्रि–वाईफाई जडान गरेको छ । गाउँपालिकाले वडा नं १ देखि ९ नम्बर सम्मका चोकहरुमा फ्रि–वाईफाई जडान गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताए।
भारतीय सिमासँग जोडिएको यो गाउँपालिकाका स्थानीय ईन्टरनेटको पहुँचबाट टाढा रहेकाले सूचना प्राप्त गर्न सहज होस भनेर वाईफाई जडान गरिएको गाउँपालिकाकाले जनाएको छ ।
विश्व प्राबिधिक युगमा गइरहेको समयमा गाउँपालिका वासीलाई पनि प्रविधिसँग जोड्ने उद्येश्यले वाईफाई जडान गरिएको अध्यक्ष शर्माले बताए।
खासगरि युवाबर्गहरुले, रोजगारी सम्बन्धि, शैक्षिक सम्बन्धि, ब्यवसायिक सम्बन्ध लगायतका क्षेत्रहरुबारे सहजरुपमा जानकारी पाउने बिश्वास गाउँपालिकाले लिएको छ । फ्रि–वाईफाईले गर्दा स्थानीयबासिहरुमा फोन गर्न रिचार्जको पनि बचत भईरहेको स्थानीयबासीहरुले बताएका छन् ।



सम्बन्धित
Loading...