नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी, महासंघ गण्डकी प्रदेशकाे दाेस्राे साधारण सभा


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशकाे दाेस्राे साधारण सभा अाज पाेखरामा सम्पन्न भएकाे छ ।



कार्यक्रममा गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवि पुनले संघीयताले सबै भन्दा क्षतविक्षत शिक्षा र स्वास्थ्य क्षेत्रमा भएकाे जनाउनु भएकाे छ । तीनै तहकाे सरकार सबै अा अाफै ठूला भएका हुँदा शिक्षा क्षेत्रका धेरै तथ्याङ्कहरू प्रदेशले नपाएकाे हुँदा काम गर्न अप्ठ्याराे परेकाे जनाउनु भएकाे छ ।

पुस्तक नीति पास नभएकाे विषयमा केन्द्रीय शिक्षा मन्त्रीसंग अाफूले कुरा उठाउने र पास गर्नका लागि अाफूले पहल गर्ने पनि बताउनु भएकाे छ । अरूले बनाएकाे पुस्तक, कापी र कलम बेच्ने मात्र नभएर उत्पादनमा पनि ध्यान पुर्याउन कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएका मन्त्री पुनले सुझाव दिनु भएकाे छ । सभाले उत्कृष्ट जिल्लाकाे रूपमा स्याङ्जा जिल्लालाई सम्मान र संगठनमा रहेर उत्कृष्ट काम गरे वापत सुरेन्द्र वास्ताेला र कृण्ण पाेख्रेललाई प्रशंसा पत्र प्रदान गरिएकाे छ ।




कार्यक्रममा प्यावसन गण्डकी प्रदेश अध्यक्ष डा. चन्द्र वहादुर थापा, जनक शिक्षा सामाग्री केन्द्र, गण्डकी प्रदेश प्रवन्ध निर्देशक दयाराम अर्याल, केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारी, पूर्व केन्द्रीय अध्यक्ष धनराज …. , केन्द्रीय अध्यक्ष मनहरी बस्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष दुर्गा श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।



सम्बन्धित
Loading...