चितवनको रंगोली घोलमा फेरि अर्को गैँडा मृत फेला


चितवनमा आज फेरि एक गैँडा मृत अवस्थामा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अन्दाजी २२ वर्षको पोथी गैँडा शुक्रबार साँझ मृत भेटिएको जानकारी दिए । रंगोली घोलमा गढेको अवस्थामा रहेकाले निकाल्न गाहे भएको थियो । मृत गैँडाको शव निकाल्न कार्यक्षेत्रमा खटिएका राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश यादवले भालेँ गैँडाले लखेट्दै जाँदा घोलमा फसेर सो गैँडाको मृत्यु भएको बताए । उनले गैँडाको खाग सुरक्षित रहेको  जानकारी दिए ।

गैंडा ५ र ७ दिनदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ ।  स्काभेटरको प्रयोग गरेर शुक्रबार दिउँसो नै गैँडालाई घोलबाट निकालिएको उनले बताए ।  यो महिना मात्र चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिसके । पुस २० गते रतौलको मध्यवर्ती जंगल नजिकको तोरीबारीमा गैंडा मृत भेटिएको थियो । चालु आर्थिक वर्षमा यो सँगै ७ वटा गैंडा कालगती र विभिन्न कारणले मरेका छन् ।



सम्बन्धित
Loading...