नवजागरण क्याम्पसको धान्याचलमा भोलिबाट पूर्व राष्ट्रपति डा. यादवले उद्घाटन गर्ने



चोरमारा । चोरमाराको नवजागरण वहुमुखी क्याम्पसमा भाेेेलिबाट धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको नवजागरण बहुमुखी क्याम्पसका प्रधानसंरक्षक विष्णु कुमार कार्कीले बताए।
पौष २७ अर्थात आइतबारबाट सुरु हुने धनधन्यान्चलको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कलेज प्रा·णमा निर्माण गरिएको भवन कुण्ड, यज्ञ प्रवचनस्थल, धन्यपर्वत, पण्डाल चामलयज्ञ लगायत सम्पूर्ण कार्यहरु हुने तयारीमा रहेको आयोजकले जनाएको छ। चोरमारा बजारदेखि विभिन्न चोक चौराहामा ध्वाजा पाता केराको थम्बा गेटहरु निर्माणका गरिएको क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष तुल्सीराम तिवारीले बताए। विहान १० बजेबाट कलश यात्रा शुरु हुने छ । १ हजार ५५ कलशयात्राकी संयोजक तथा मध्यविन्दु नगरपालिकाका उपप्रमुख ओमकुमारी महत्तोका अनुसार विहान १० बजे सम्पूर्ण जम्मा भइ ठिक ११ बजेबाट कलशयात्रा अगाडि बढ्ने छ । त्यस्तै बाजागाजाका साथ अगाडि बढ्ने यात्रा चोरमारा बजार हुदै चौरगी पुगी पुन कलेजमा आइपुग्ने छ।
क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउने उदेश्यले महायज्ञको आयोजना गरिएको यज्ञ संयोजक चेतनाथ तिवारीले बताए।
केदारनाथका पीठाधिश जगत गुरु श्री भिमाशंकरलि· शिवाचार्य महाराज एलम् युवा वाचक भागवत अलंकार पदवीले विभूषित पण्डित नारायण प्रसाद पराजुलीको मुखारविन्दबाट धान्याञ्चल सञ्चालन हुँदैछ ।
महायज्ञमा केदारनाथका पिठाधिश शिवाचार्य महाराज पनि आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
धनधान्याचलमा केदारनाथका पिठाधिश शिवाचार्य महाराज मकर सक्रान्तिका दिन देबघाटमा स्नान गरी महायज्ञमा आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ। शिवाचार्य माघ १ गते देखि माघ ५ सम्म महायज्ञमा बस्ने कार्यक्रम रहेको छ ।
महायज्ञमा १५ करोड उठ्ने अपेक्षा आयोजकको रहेको आर्थिक समितिका संयोजक प्रकाश पंगेनीले बताए ।



सम्बन्धित
Loading...