चितवनमा विपद व्यवस्थापन तालिम
- सुवाेध नेपाल
माडी, पुस २७ । चितवनकाे नेपाली सेना कालीबहादुर गण र चितवन जिल्लाका स्थानीय निकायसँगकाे समन्वयमा दुई दिने सामुदायिक विपद् प्रतिकिया तालिम आजबाट माडी नगरपालिकामा शुरु भएकाे छ।
जसमा माडीको नगरपालिकाका प्रतयेक वडाका दुई जनाका दरले र रेडक्रसका प्रतिनिधिहरू जनचेतनामूलक तालिममा सहभागी भएका छन् ।
तालिममाा विपदमा कसरी उद्दारमा जुट्ने लगायतका विषयमा तालिम दिएकाे तालिमका प्रशिक्षक काली बहादुर गणका निरप बहादुर राेकयाल जानकारी दिए ।
