गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माण कार्य डेढ महिनामै ८० प्रतिशत सकियो




धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माण कार्य डेढ महिनामै ८० प्रतिशत सकिएको छ ।

अबको चार महिनामा प्याराफिटबिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउन्ड तयार हुने भएको छ । गत कात्तिक ६ गते विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक भएपछि रंगशाला निर्माणको काम युद्धस्तरमा अघि बढेको हो ।




४७१ मिटरको वृत्ताकार परिधिको मुख्य मैदान बनाउने काम पनि ८० प्रतिशत पूरा भएको परियोजनाका सिभिल इन्जिनियर राजेश थापा बताउँछन् । ‘अहिले मैदानको वरिपरि ४७१ मिटरको नाला निर्माण भइरहेको छ । ३.३७ मिटरको बाहिरी र २.३७ मिटरको भित्री सेरवालसहितको नाला निर्माणको काम ५० प्रतिशत पूरा भएको छ । यो नालाले मैदानलाई आवश्यक पर्ने पानी छान्ने, प्रशोधन गर्ने र सञ्चित गर्ने काम गर्नेछ’, थापा भन्छन् ।
मैदानको काम नसकिँदै प्यारापिट निर्माणको काम आरम्भ भइसकेको छ । सुरूवाती चरणमा ५२ वटा भीमकाय पिल्लर उठाउने काम सुरू हुन्छ । त्यसपछि ३५२ वटा सहायक पिल्लर बन्नेछन् । आगामी ६ महिनाभित्रमा प्यारापिटले पनि आकार लिइसक्ने धुर्मुसको दाबी छ ।

पिचका लागि आवश्यक पर्ने माटो धुल्याउने र केराउ–दानाको आकार दिने कामका लागि भने जति पनि स्वयम्सेवी खपत हुने उनको भनाइ छ ।

 



सम्बन्धित
Loading...