चिसोमा स्वस्थ रहन के गर्ने ?


हाम्रा बुढापाकाले भन्ने गरेको एउटा उखानै छ नि, तन्नेरीजति बाघलाई, बुढापाका माघलाई । माघ महिना पनि सुरु भइसकेको छ । त्यसैले यो माघे जाडोमा स्वस्थ्य रहन यस्ता उपायहरू अपनाउन सकिन्छ ।

चिया पिउनुहोस्

चिया मन नपराउनेहरू शायदै होलान् । त्यसमा पनि यो चिसो मौसममा तातो चिया पिउनुको मज्जा नै बेग्लै । अध्ययनहरूका अनुसार निरन्तर चिया पिउने मानिसका नसाहरू स्वस्थ हुन्छन् र उनीहरूलाई मुटुको रोग लाग्ने जोखिम कम हुन्छ । त्यसैले चिया पिउनुहोस् ।

क्वाँटी खानुहोस्

यो चिसो मौसममा क्वाँटी खानुभयो भने स्वास्थ्यमा धेरै राम्रो हुन्छ । सकेसम्म रेसादार खाद्यान्न, बोडी, प्याज, लसुन, अदुवा राख्न नबिर्सनुहोस् है !

ठिक्कको खाना खानुहोस्

जाडोमा धेरै खाना खाए पनि पच्छ भनेर धेरै खाने चलन छ । तर, त्यसो गर्नु गलत हो । स्वास्थ्यका लागि कम खानु नै उपयुक्त हुन्छ । त्यसैले ठिक्क खानुहोस् ।

घरका काममा व्यस्त रहनुहोस्

जाडोमा मानिसहरू शारीरिक व्यायाम निकै कम गर्छन् । त्यसैले सकेसम्म घरको काममा व्यस्त रहनु नै उत्तम हुन्छ ।

तरकारी र फलफूल खानुहोस्

अंगुर, किवी, सुन्तलाजस्ता फलफूल प्रशस्त मात्रामा खानुहोस् । यस्तै, तरकारीमा ब्रोकाउली, फूलगोभी, गाँजर, मूला, सागजस्ता तरकारीहरू नियमित सेवा गर्दा राम्रो हुन्छ ।

हिँड्दा छिटो हिँड्नुहोस्

घरबाहिर हिँड्दा सकेसम्म छिटोछिटो हिँड्ने गर्नुहोस् । छिटो हिँड्दा शरीर तात्छ । मांसपेशीहरू सक्रिय रहन्छन् । अनि तपाईंका सबैजसो ज्ञानेन्द्रिय पनि सक्रिय रहन्छन् । त्यसैले जाडो भयो भनेर नबस्नुहोस् ।



सम्बन्धित
Loading...