पश्चिम नवलपरासीमा एक घर जलेर नष्ट


  • रामकरण हरिजन  –


परासी । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ गेर्मीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गेर्मी प्रहरी चौकीका अनुसार चौकी अगाडि रहेको जटाशंकर तिवारी नाम गरेको मानिसको घर आगलागीबाट नष्ट भएको हो ।
शुरुमा विद्युत सर्ट भई आगलागी भएको भए पनि घरमा कोही नभएका कारण सिलिण्डर समेत विस्फोट भएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।
घरका सबै आफन्तकोमा पाहुना गएका कारण क्षतिको यकिन विवरण भने नआएको गेर्मी प्रहरी चौकीका इन्चार्ज नारायणप्रसाद लुइटेलले जनाएका छन् ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट कच्ची घर जलेर नष्ट भएको हो ।



सम्बन्धित
Loading...