पुडासैनी आत्महत्या प्रकरण: अदालतमा आजै फैसलाको सम्भावना

भरतपुर । चितवन अदालतमा पत्रकार शालिकराम पुडासैनी सम्बन्धमा रहेको आत्महत्या दुरूत्साहन मुद्दामा आज आइतबारका लागि पेसी तोकिएको छ । गत कात्तिक २२ गतेपछि आज माघ ५ गते पेसी रहेको अदालतका श्रेस्तेदार सूचना अधिकारी रूद्रमणि गिरीले बताए । कात्तिक २२ गते विशेषज्ञ बुझ्ने आदेश अदालतबाट भएको थियो ।
‘न्यायाधीशको आदेशअनुसार सबै काम सकिसकेका छौँ’, सूचना अधिकारी गिरीले भने,‘वादी तथा प्रतिवादीका वकिलबाट मुद्दाको पेसी सार्ने काम भएन भने आजै मह¤वपूर्ण निर्णय हुन सक्छ ।’ मुद्दाको सबै अंग पुगेको र बुझ्नुपर्ने मानिसहरु सबैसँग बुझिसकेकाले कुनै काम बाँकी नरहेको उनले बताए । यस मुद्दा जिल्ला मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा छ ।
अदालतको आदेशअनुसार विशेषज्ञहरुसँग वकपत्र लिइसकिएको छ । मोबाइल परीक्षण विशेषज्ञ दुर्गाकुमार बोम्जनसँग वकपत्र गरिसकिएको उनले बताए । मृतक र प्रतिवादीको मोबाइल परीक्षण गर्ने बोम्जनसँग अदालतले सोधपुछ गरेको हो । त्यस्तै पुडासैनीको शव पोष्ट मार्टम गर्ने डाक्टरहरु डा. विभूति राणा र डा. मनि महर्जनसँग पनि बकपत्र लिइसकिएको छ ।