छिमेकीको परालको टौवामा आगो लगाइदिने पक्राउ




कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा ३ जना छिमेकीको परालको टौवामा आगो लगाइ दिनेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ ।
हुप्सेकोट गाउँपालिका ३ निवासी ४२ बर्षीय डिल्लीराज पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पोख्रेललाई मुलुकी अपराध संहिता २०७५ को दफा २८५ बमोजिम अपराधिक उपद्रव मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालेको जनाएको छ ।
उनले बेलहानीका दानुमाया रिमाली, टोमबहादुर रमाली र जैसरा नेपालीको परालको टौवामा आगा लगाइदिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले रमालीको परालको टौवामा माघ १ गते र जैसरा नेपालीको परालको टौवामा माघ २ गते आगो लगाइदिएका थिए ।
परालको टौवा पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

 



सम्बन्धित
Loading...