बलात्कार गरी अहेब फरार, घटना गाउँमै मिलाउन दबाब




नवलपरासी, ७ माघ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौंकीका अहेव तहमा कार्यरत टोकबहादुर सुस्लिङ स्थानीय महिलालाई बलात्कार गरी फरार भएका छन् ।
४० बर्षीय महिलालाई बलात्कार गरी फरार भएको पीडित महिलाको आफन्तले बताएका छन् । विहीबार साँझ जबरजस्ती करणीको घटना भएको र घटना गाउँका हल्लाखल्ला भएपनि फरार भएका हुन् ।
उनले घटना गाउँमै आम रुपमा माफी मागी पीडित महिलालाई २० हजार दिएर घटना गाउँमै मिलापत्र गराउन दबाब दिएका छन् । पीडित महिलाका श्रीमानले भने – जिल्ला प्रहरी कार्यालयमा हालेको मुद्दा फिर्ता लिन दबाब दिइएको छ । मुद्दा हाले पनि तँसँग मुद्दा लड्ने पैसा छैन, मुद्दा फिर्ता ले भनेर धम्काउने गरेको छ ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेले घटना थाहा पाउँदा साथ निजलाई पक्राउ गर्ने प्रहरी परिचालन गरिएको र पीडित महिलाको स्वास्थ्य जाँच समेत गरिएको बताए ।
पीडित महिलाका आफन्तले गाउँमै मुद्दा मिलाउन आफूहरुमाथि धम्की आइरहेकोले सक्दो छिटो पीडकलाई पक्राउ पर्ने आग्रह रेका छन् ।



सम्बन्धित
Loading...