श्रीमती हत्या गरेको आरोपमा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा बारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा प्रहरीले पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो ।
प्रहरीले शव जलिरहेको अवस्थामा फेला पारेको थियो । तर महतो भने फरार थिए । घटनापश्चात फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।