त्रिवणीधाममा माघे औंसी मेला शुरु




पुर्वी नवलपरासीको ऐतिहासिक तिर्थस्थल त्रिवेणीधाममा माघे औंसी पर्वका अबरसरमा ४ दिनअघिदेखि नै मेला शुरु भएको छ । यहा मंगलवारनै नेपाल भारतका हजारौ भक्तजन भेला भएका छन् ।
मेला अबधिलाई शान्तिपूर्ण र मेला व्यवस्थित बनाउन स्थानीय प्रशासनले गत सोमवारबाट नै मदिरा विक्री बितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले एक सूचना सार्वजनिक गरेर माघे औंसीभन्दा ५ दिन अघि र मेला सम्पन्न भएको दुई दिन पछिसम्म बिक्री वितरणमा रोक लगाएको हो । त्रिवेणीधाममा आउँदो शुक्रवार माघे औंसीकम दिन मेला लाग्छ ।
मेलाऔंसी मेलामा माघ ६ देखि १२ गते सम्म एकसाता मदिरा ओसार पसार , विक्री वितरणमा पूर्ण रोक लगाइएको हो ।
स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा हरेक वर्षको माघे औंसीका दिन विशेष मेला लाग्ने गर्दछ । माघे औंसीमा त्रिवेणीधाममा स्नान, श्राद्ध र पुजाआजा गर्नाले पुन्य मिल्ने जनविश्वास रहिआएको छ ।


मंगलवारदेखि नै त्रिवेणीधाममा मेला शुरु भएको छ । मेलामा नेपाल भारतका हजारौ तिर्थालु त्रिवेणीधाममा भेला हुने गर्छन ।
मंगलवार बिहानैदेखिवाट त्रिवेणीका चौक चौराह, मठमन्दिर, सत्तल र नदी किनारका घाटमा स्थानियहरुले औसिंका अबसरमा बिक्री हुने मिठाई , फलफुल र खैलौनाका बजार शुरु गरिसकेका छन । बिनयी त्रिवेणी गाउपालिकाले मेला ब्यबस्थित र तिर्थालुहरुको सुबिधाकालागि पसल र ब्यापार ब्यबस्थि तगर्न स्थानिय क्लब र संघसंस्थालाई परिचालन गरेको गाउपालिकाका अध्यक्ष डम्बर जिसिले जानकारी दिए ।





त्रिवेणीधाममा रहेका एक सय भन्दा बढि मन्दिरहरुमा भक्तजनहरु भरिभराउ भैसकेका छन । त्रिवेणीधामदेखि २ किलोमिटर उत्तरमा स्वामिकमलनयनाचार्यको आश्रम रहेको गजेन्द्रमोक्ष दिब्यधाममा भारतिय र नेपाली सन्तमहात्माहरुको उपस्थिती बाक्लिएको छ । त्यहा यो माघे औंसिका अबसरमा बिषेश मेलाको तैयारी गरिएको स्वामि कृष्णप्रपन्नचार्यले जानकारी दिए । गजेन्द्रमोक्ष दिब्यधाममा अनन्तबिभूषित मुक्तिनाथ बाबा कमलनयनाचार्यद्धारा निर्मित गजेन्द्रमोक्ष नारायणको भब्य र आर्कषक कलात्मक मन्दिर रहेको छ । ७ हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको बिशाल मन्दिरले नलोभिने कोहि छैन । त्यस्तो कलात्मक र भब्य मन्दिर हेर्न नेपाल भारतका हजारौ स्थानिय दैनिक त्यहा आउछन । त्यहा मुक्तिनाथ बेदबिद्याश्रम संस्कृतगुरुकुल पनि रहेको छ ।


माघे औसिमेला अबधिमा बिषेश सुरक्षाकालागि प्रहरी शशस्त्र र सेनाको टोलिलाइठाउठाउमा खटाइएको छ ।
महेन्द्रराजमार्गको बर्दघाट बजारवाट २५ किलोमिटर दक्षिणमा त्रिवेणीधाम रहेको छ । राजमार्गको दुबै किनारमा मंगलवारदेखिनै स्थानिय उत्ािदन कन्दमुल फलफुल बिक्रि शुरुभएको छ ।
बाल्मिकी नगरको नजिकमा रहेका कारण यहा भारतका हजारौ भक्तजनहरु माघे औसिका अबसरमा आउने गर्छन ।
गजेन्द्रमोक्ष दिब्यधाममा मेलाका आएका भक्तजनका कारण फरक रौनक देखिएको छ । त्यहा मंगलवारवाटनै भब्य भजनकृतन र धुनीजगाउने भक्तहरुको बाक्लो उपस्थिती रहेकोछ ।



सम्बन्धित
Loading...