जिल्ला अस्पतालमा क्षयरोग प्रेषण केन्द्रको शिलन्यास




जिल्ला अस्पतालको सुदृढीकरणमा प्रदेश सरकारको विशेष ध्यान जाने गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्   । आज  मध्यविन्दू जिल्ला अस्पतालमा क्षयरोग प्रेषण केन्द्रको शिलन्यास कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रदेश सरकार र बेल्जियम सरकारबाट प्राप्त सहयोगले  जिल्ला अस्पतालको सुदृढीकरणमा लागि पर्ने बताएका हुन् । त्यस्तै “आर्थीक बर्ष ७६÷७७ मा पनि प्रदेश सरकारबाट जिल्ला अस्पतालको उनति र प्रगतीको लागि भनेर  निश्चित रकम छुट्ईएको छ । जस्मा न्यूनतम ३ देखि ५ करोड रहेको छ । ” जुन रकमले अस्पताको सुदृढीकरण ,समस्यासमाधान ,स्रोत साधन,उपकरणको प्रवधन , भौतीक पूर्वधारको समस्या समाधान हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।




वेल्जियमकी अधिराजकुमारी एस्ट्रिड तथा प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङद्धारा संयुक्त रुपमा शिलन्यास गरिएको क्षयरोग प्रेषण केन्द्र तिन महिना अवधिमा सम्पन गराउने योजना रहेको अस्पतालका सुचना अधिकारी छविलाल सुवेदिले जानकार्री दिएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितीका अध्यक्ष गोपाल खनालले मध्य नेपालको केन्द्रमा रहेको मध्यविनदु जिल्ला अस्पताललाई मेडिकल कलेजको रुपमा रुपान्तरण गर्न गण्डकी प्रदेशसंग आग्रह गरेका थिए  ।

क्षयरोग प्रेषण केन्द्रको शिलन्यास कार्यक्रम वेल्जियमकी अधिराजकुमारी एस्ट्रिड ,गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवि पुन , प्रतिनिधी सभा सदस्य तिलक महत , प्रदेश सभा सदस्य रोसन बहादुर गाहा , संविधान सभा सदस्य जिवन श्रेष्ठ लगाए विभिन्न संघसंस्थाका प्रतिनीधीको उपस्थिीति रहेको थियो ।



सम्बन्धित
Loading...