मृगौला पीडित निमकला भट्टराईको उपचारका लागि १ लाख ८ हजार सहयोग




दुवै मृगौलाले काम गर्न छाडे पछि उपचाररत नवलपुर जिल्लाको कावासोती नगरपालिका ६ विष्णुनगरकी निमकला भट्टराइलाई सहयोग रकम जुटने क्रम जारी छ । विगत ५ वर्ष देखि मृगौलाको उचार गराउदै आएकी निमकलाको उपचारका लागि साउदी अरवमा कार्यरत नेपालीहरुले १ लाख हजार ८ हजार ९ सय ६५ रुपैया नगद संकलन गरि परिवारलाइ हस्तान्तरण गरेका छन् ।

साउदी अरवको अलसा अटोमेटिक वेकरी कम्पनीमा कार्यरत नेपालीहरुले संकलन गरेको रकम आज कावासोती नगरपालिका १ निवासी रञ्जन वस्नेतले निकमला भट्टराइलाई हस्तान्तरण गर्नु भएको हो । मृगौला पिडित निमकलाको वारेमा समाचार पढेपछि आफु कार्यरत कम्पनीका पुर्ण वाग्ले ,सन्तोष थापा, पिताम्वर सापकोटा, हरि तामाङ लगायतको पहलमा १ लाख ८ हजार ९ सय ६५ रुपया रकम संकलन गर्न सफल भएको रञ्जन वस्नेतले बताए।




सहयोग रकम ग्रहण गर्दै मृगौला पीडित निमकलाले सहयोगि दाता सम्पुर्णमा धन्यवाद दिदै अझै रकम अभाव रहेकाले सक्दो सहयोग गर्न पुनः अपिल गरे । विगत ५ वर्ष देखि दुवै मृगौलाले काम गर्न छाडे पछि डाइलाइसिस गरि उपचार हुदै आएकोमा अव मृगौला प्रत्यारोपणका लागि थप ५० लाख भन्दा वढि रकम चाहिने हुदा आर्थिक समस्या भएको वुवा टिकाराम भट्टराइले वताउनु भयो । निमकलाको उपचारका लागि स्वदेश तथा विदेश वाट सहयोग रकम जुटाउने क्रम जारी रहेको छ ।



सम्बन्धित
Loading...