हुप्सेकोटमा लागेको वडा कार्यालयको ताला खुल्यो

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा कार्यालयमा लगाएको ताल खुलेको छ ।
दुर्घटनाका विषयलाई लिएर आक्रोशित स्थानीयले ताला लगाएका हुन् । हुप्सेकोटमा रहेको ६ वटै वडा कार्यालयको ताला खुले पनि गाउँपालिकामा लागेको ताला भने अझै खुलेको छैन ।
स्थानीयले प्रहरीमा उजुरी दर्ता भएर छानविन प्रक्रिया अगाडि बढेकोले छानविनमा सघाउ पुर्याउन भन्दै ताला खोलिदिएको जनाएका छन् ।
हुप्सेकोट गाउँपालिकाकाका प्रशासन शाख अधिकृत शिव सुवेदीले गाउँपालिकाको सरकारी गाडीको दुरुपयोग गर्दै गाडी चलाउन सिक्ने क्रममा दुर्घटना भएको थियो ।
ग १ ज ३८९ नम्बरकोे जीपले ठक्कर दिंदा बुंदीकालीको कुवाकोट घर भई हाल हुप्सेकोट गाउँपालिकाको भूपू शैनिक इंलिस बोडिड्ड स्कूलमा अध्ययन गर्ने हाल हुप्सेकोट गाउँपालिकाको नयाँ बजारमा बस्दै आएका ५ बर्षीय बालक दीपु गाहाको निधन भएको थियो ।
