कावासोती १५ मा यस्तो बन्यो वडा कार्यालय

कावासोती । पूर्वी नवलपरासीको कावासोती १५ मा आफ्नै वडा कार्यालय निर्माण सम्पन्न भएको छ । वडा कार्यालयको प्रदेश सांसद रोशनबहादुर गाहाले उद्घाटन समेत गरिसकेका छन् ।
एक करोड अनुमानित लागत गरिएपनि ठेकेदारले करिब ६९ लाखमा ठेक्का लिएर भवन निर्माण गरेको हो ।
५ कोठे उक्त भवनसँगै ट्वाइलेट बाथरुम पनि रहेका छन् । कावासोती १५ को वडा कार्यालयको भवन आफ्नै जग्गामा बनेको हो ।
वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि अब वडा कार्यालयमै वडा स्वास्थ्य चौकी राख्ने तयारी समेत भएको कावासोती १५ का वडाअध्यक्ष देवनारायण महतोले बताए ।
त्यसैगरी कावासोती ९ मा पनि वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।