बागमती सुगर मिलले बुझायो किसानलाई ९ करोड बढी रकम
- शोभा जिसी –

नवलपरासी । नवलपरासीका उखु किसानहरुलाई पश्चिम नवलपरासीमा रहेको बागमती खाडसारी मिलले ९ करोड बढी रकम भुक्तान गरेको छ ।
३ वटा चिनी कारखाना रहेको नवलपरासीमा बागमतीले आफूले बुझाउनु पर्ने साढे १० करोड रुपैयाँ मध्ये ९ करोड बढी भुक्तान गरेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।
इादवका अनुसार अझै डेढ करोडको हाराहारीमा भुक्तान बाँकी छ । लुम्बिनी चिनी कारखाना र इन्दिरा सुगर एण्ड एग्रो प्रालिले भने अझै भुक्तान गरेको छैन ।