फरार बलत्कारी अहेब पक्राउ

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौंकीका अहेव तहमा कार्यरत टोकबहादुर सुस्लिङ बलात्कार अभियोगमा पक्राउ परेका छन् ।
स्थानीय ४० बर्षीय महिलालाई बलात्कार गरी फरार भएको अहेव सुस्लिङ पछि आफै प्रहरीको सम्पर्कमा आएपछि गिरफ्ता गरी मुद्दा अगाडि बढाइएको नवलपुर प्रहरीले जनाएको छ ।
उनले घटना गाउँमै आम रुपमा माफी मागी पीडित महिलालाई २० हजार दिएर घटना गाउँमै मिलापत्र गराउन दबाब दिएका थिए।
पीडित पक्षले घटनाको विरुद्धमा प्रहरीका किटानी जाहेरी दिएको एक साता पछि उनी सम्पर्कमा आएका हुन् ।