बिरामी लिन गएको जीप दुर्घटना हुँदा ५ जना घाइते
बाजुरामा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिकाको पिलुचौबाट बिरामी लिन जगनाथ गइरहेको जीप बीच बाटोमै दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका विक्रम सुनार, स्वामीकार्तिक ३ जुकोट बस्ने खगराज शाही र बूढीनन्दा नगरपालिका–८ का वीरबहादुर धामीलगायत ५ जना घाइते भएका छन् ।
घाइतेमध्ये चालक विक्रम सुनारको अवस्था गम्भीर छ भने अन्य ४ जनाकाे अवस्था सामान्य छ । घाइतेको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ । जीप गणेल खोलामा अनियन्त्रित भर २ सय ५० मिटर खसेको हो ।