गल्फ उपाधि पूर्वप्रधान सेनापति जबारालाई

नवलपुर । दुम्कौलीमामा शनिबार भएको सिजी गल्फ टुर्नामेण्टको उपाधि पूर्व प्रधानसेनापति गौरब सम्सेर जबाराले हात पारेका छन । टेम्पल टाइगर गल्फ टुर्नामेण्टमा ३७ खेलाडि सहभागी थिए ।
भिजिट नेपाल २०२० मा खेल प्रर्यटन प्रबद्र्धन गर्न आयोजित गल्फ टुर्नामेण्टको रनि· अपविजेता सुर्दशन रिजाल भएका छन् । ग्रअविनरमा हरी थापाले कब्जा जमाएका छन । महिलातर्फको बिजेता गीता गुरुङ, लेडिज रनरअप डा. रिता थापा, सिनियर विनरमा रबिन्द्रराज पाण्डे बिजेता बनेका छन् ।
दुम्कौली स्थित सिजी गल्फ रिट्रीटमा आयोजित टुर्नामेण्टको बेष्ट ड्रेसमा पबित्र याक्थुम्बा रहेका छन् । त्यसैगरी मोस्ट ब्रिडिजमा प्रदिपकुमार श्रेष्ठ चुनिन सफल रहे ।
शनिवार सम्पन्न टुर्नामेन्टमा पुर्व प्रधानसेनापतिहरु रुक्मांगत कुटुवाल, गौरब सम्सेर जबारा, प्रज्ववल सम्सेर राणा, प्याराजंग थापाले लगायतले प्रतिस्पर्धा गरेका थिए । राजधानी बाहिर ४ जना नेपाली सेनाका प्रधानसेनापतिले एउटै टुर्नामेण्टमा प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो ।
टेम्पल टाइगर ग्रुप अफ कप्पनिले भिजिट नेपाल २०२० को अबसरमा बिदेशी र स्वदेशी खेलाडी भेला गरेर खेल पर्यटनमा आर्कषण बढाउन प्रतियोगिता संचालन गरेको हो । टेम्पल टाइगरले नेपालमै आगामी ५ वर्ष भित्र गल्फको विश्व च्याम्पियन खेल आयोजन ागर्ने शिलशिलमायस्को शुरुवात गरेको दावी गरेको छ ।
गण्डकी प्रदेश अन्तरगत पूर्वी नवलपरासीको दुम्कँैलीमा ९ होलको सुबिधा सम्पन्न गल्फ कोर्ट रहेको छ । यहा बर्सेनी स्वदेशी, विदेशी खेलाडिहरु गल्फ खेल्न आउने गरेका छन । भिजिट नेपाल २०२० लाई लक्षित गरेर सिजिगल्फ कोर्टले नया“ खेलाडिहरुलाई आर्कषित गर्न निशुल्क गल्फ सिकाउने गरेको छ ।