दुई करोडको आर्थिक कारोबार गर्दै सकियो नवलपुर महोत्सव


  • शोभा जिसी  –



कावासोती । दुई करोडको आर्थिक कारोबार गर्दै नवलपुर महोत्सव सकिएको छ ।
माघ ९ गतेदेखि १९ गतेसम्म चलेको महोत्सव आइतबार सकिएको हो । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गरेको आयोजक संस्था नवलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
आइतबार महोत्सव पूर्व सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले समापन गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेस नवलपुरका सभापति एवम् प्रदेश सभा सदस्य विष्णु लामिछाने लगायतले बोलेका थिए ।
महोत्सवको समापनमा महोत्सवका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई सम्मान गरिएको थियो ।



सम्बन्धित
Loading...