कारोना संक्रमणबाट फिलिपिन्सपछि हङकङमा पनि एक जनाको मृत्यु


फिलिपिन्सपछि हङकङमा पनि कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान हंङकङमा ३९ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ । उनी चीनको वुहान सहरबाट जनवरीमा फर्किएका थिए । कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर मृत्यु भएको यो दोस्रो घटना हो ।



यसअघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो । चीनमा महामारीको रुप लिएपछि कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२६ पुगेको छ । २० हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।

यो भाइरस गत डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहानमा देखिएको थियो । यसपछि विश्वका कैयौं देशमा संक्रमण देखिएको छ । भारत, अमेरिका, जर्मनी, इरान र श्रीलंकासहित कैयौं देशले चीनबाट आफ्ना नागरिकलाई फिर्ता बोलाएका छन् ।




समाचार संस्था रोयटर्सका अनुसार चीनको एक उच्च स्तरीय व्यापार सम्मेलन पनि स्थगित गरिएको छ । जो मार्चको अन्त्यमा आयोजना गरिन्छ । चाइना डेवलपमेन्ट फोरमको राज्य परिषद्को फाउन्डेसनद्वारा आयोजित हुने यो बैठक आगामी सूचना नआउँदासम्म स्थगित गरिएको हो ।

यसैबीच चीनमा एक महिलालाई हिरासतमा लिइएको छ । कोरोना भाइरस सम्बन्धी लक्षण लुकाएकशो आरोपमा ३६ वर्षीय महिलालाई हिरासतमा लिइएको हो । एजेन्सी



सम्बन्धित
Loading...