केन्याका पूर्वराष्ट्रपति मोईको निधन




केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ ।

९५ वर्षको उमेरमा आज उनको निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ । मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ ।




केन्याको राजनीतिमा उनको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनको निधनमा केन्या स्तब्ध भएको जनाएको छ । केन्याका गृहमन्त्रीसमेत रहेका मोईको जन्म सन् १९२४ सेप्टेम्बर २ मा केन्याको साचो बारिङ्गोमा भएको थियो ।



सम्बन्धित
Loading...