नवलपुर एकेडमी १५ औं बर्षमा, बार्षिकोत्सवमा स्वास्थ्य शिविर गर्ने

नवलपुर । नवलपुरको डण्डामा रहेको नवलपुर एकेडेमी १५ औं बर्षमा प्रवेश गरेको छ । नवलपुर एकेडमीले आफ्नो १४ औं बार्षिकोत्सव स्वास्थ्य शिविरको आयोजना गरि मनाउने निर्णय गरेको जनाएको छ ।
विद्यालयले बुधबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल हरिहर अधिकारले दिएको जानकारी अनुसार निशुल्क स्वास्थ्य शिविर मााघ २४ गते विद्यालय परिसरमा सञ्चालन गरिने छ ।
चितवनको भरतपुरमा रहेको मनकामना अस्पताल संगको सहकार्यमा हुन लागेको स्वास्थ्य शिविरमा छाती, मुटु, पेट र थाईराईड सम्बनधी बिषेषज्ञ डा. महेन्द्र कुमार अग्रहरी , हाडजोर्नी तथा नशा रोग बिषेषज्ञ डाक्टर शंकर ढकाल, स्त्री रोग बिषेषज्ञ डाक्टर मोना श्रेष्ठ, सर्जरी तथा पाईल्स सम्बन्धी बिषेषज्ञ डाक्टर दिपेन्द्र न्यौपाने, बालरोग बिषेषज्ञ डा निश्चल मास्के लगायतका बिषेषज्ञहरु आउने अधिकारीले बताए ।
शिविरमा मनकामना अस्पतालले निशुल्क औषधी समेत उपलब्ध गराउने जनाइएको छ ।
परिक्षणका क्रममा कुनै जटिल रोग लागेको पाईएमा अस्पतालमानै गएर उपचार गर्नुपर्ने बिरामीका लागि मनकामना अस्पतालले २० प्रतिशत छुट दिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । बिद्यालयले फागुन ५ गते आफ्नो बार्षिकोत्सव मनाउँदैछ ।
सो अबसरमा बिद्यार्थीहरुका लागि निशुल्क दन्त परिक्षण शिविर, आँखा परिक्षण शिविर लगायतका कार्यक्रमहरु पनि तय गरिएको अधिकारीले बताए ।