अन्तराष्ट्रिय खेलका लागि देवचुलीबाट दुई खेलाडी बंगलादेश प्रस्थान
बंगलादेशमा आयोजना हुने दक्षिण एशियाली क्षेत्रको सात औँ खेलकुद प्रतियोगिताको लागि देवचुलीबाट २ खेलाडि छनौट भएका छन । आउदो साता बंगलादेशमा हुने दक्षिण एशियाली खेलकुदका लागि देवचुली नगरपालिका वडा नम्बर १ का विजय महतो र विपिन थनेत छनोट भएका हुन ।
देवचुली नगरपालिका १,२,३का वडा सचिव विश्वबन्दु न्यौपानेका अनुसार छनोटमा परेका २ खेलाडिका लागि नगरपालिका र वडा नम्बर १ का वडा अध्यक्ष संगै वडा सचिव न्यौपानेद्धारा खेलाडिको उच्च सम्मान र उनिहरुको मनोवलका लागि केहि नगद रुपैया समेत सहयोग गरेको बताए । ‘ ७७ जिल्लाबाट नवलपुरका २ खेलाडि छनौट भएका हुन’ । वडा सचिव न्यौपानेले बताए ।
खेलाडिलाई वडा र नगरपालिकाबाट पनि प्रोत्साहन स्वरुप सम्मान गर्नु पर्छ भन्ने उद्देश्यले हामिले नगरपालिकाबाट नगद पच्चिस हजार रुपैया प्रदान गरेका छौँ’ वडा सचिव न्यौपानेले भने । उनले खेलाडिका लागि वडाको खेलकुद सामाग्रि पेश्कीबापतको रकम पनि खेलाडिलाई प्रदान गरेको बताए ।
सो रकम न्युन भएको बताउदै खेलाडि बंगलादेश जाने समय नजिकिएको र पचास हजार भन्दा बढि रमक प्रदान गर्न कार्यपालिका बैठक बस्नु परेकोले हालका लागि पच्चिस हजार रुपैया प्रदान गरेको वडा सचिव न्यौपानेले बताए । साथै किशोरीहरुलाई मात्र खेलकुद सामाग्रि वितरण गर्ने पहिलो र एक मात्र वडा नम्बर १ रहेको वडा सचिव विश्वबन्दु न्यौपानेले बताए । खेलाडी आजै बंगलादेश प्रस्थान गरेका छन ।