विप्लवका जिल्ला सदस्य रिहा भए लगत्तै पुनः गिरफ्तार




कावासोती । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले रिहा गरे लगत्तै जिल्ला प्रहरी कार्यलय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले माघ २२ गते साँझ पुनः गिरफ्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा दुई हजार रुपौयाँ धरौटीमा बुझाएर रिहा रिहा हुनुभएका भण्डारीलाई प्रहरीले थप केही विषय सोधपुछको लागि भन्दै जिल्ला प्रहरी कार्यालय लगेको थियो । कार्यालय पुगेपछि भण्डारीलाई पुनः गिरप्mतार भएको जानकारी कार्यालयमा दिइएको थियो ।




माघ १३ गते भण्डारीविरुद्ध प्रहरीलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।

माघ १३ गते कावासोती–२ फलफुल चोकमा होहल्ला गरि प्रहरी पुग्दा प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले भण्डारीका विरुद्ध मुद्दा दायर गरेको थियो । तर, भण्डारीले इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेसंग प्रहरीले आफुलाई झुटो मुद्दा लगाएको बताउनु भएको छ । माघ १२ गते जिल्ला प्रशासन कार्यालय लमजुङले साधारण तारेखमा आफुलाई छाडेको भन्दै भण्डारीले सोही दिन जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न जिल्ला प्रहरी हुदै जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ल्याएको बताउनु भयो ।

२०७६ साउन २७ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङले गिरप्mतार गरेपछि हाल सम्म गण्डकी प्रदेशको विभिन्न ९ जिल्लामा प्रहरी हिरासतमा रहेको बिषयले समेत आफु विरुद्ध लगाइएको आरोप झुठा प्रमाणित हुने उहाँले बताउनु भयो । हाल सम्म उनलाई बाग्लुङ, पर्वत, म्याग्दी, कास्की, स्याङ्गजा, गोर्खा, तनहुँ, लमजुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रहरीले हिरासतमा राखेको छ ।

माघ २२ गते पुनः गिरप्mतार भएका भण्डारीले गिरप्mतारी पछि इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेसंग आफुलाई चितवन लैजान थालेको जानकारी प्रहरीले दिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सई टिकाराम पोखरेलले उहाँलाई चितवन जिल्लामा थप विषयमा अनुसन्धान गर्नु पर्ने भएकाले गिरप्mतार गरि जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मेवारीमा दिइने जानकारी दिनु भयो ।



सम्बन्धित
Loading...