नवलपुरमा एक महिनामा ६ वटा बलात्कारका घटना


  • रामकुमार श्रेष्ठ –


नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो एक महिनामा ७ वटा बलात्कार र महिला हिंसाको घटना भएको छ। सन् २०२० को पहिलो जनवरी महिनामा ७ वटा घटना भएका हुन् । ति मध्ये ६ वटा बलात्कार र यौन हिंसाका घटना हुन भने एउटा महिला हिंसाका घटना रहेको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिकामा ६९ बर्षीय महिलालाई बलात्कार गरेका आरोपमा पक्राउ गरी मुद्दा चलाएको छ । विकलाई जिल्ला अदालतले पुर्पुच्छेका लागि थुनामा राख्न आदेश दिएर घटनाको अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका मुद्दा फाँटका टिकाराम पोख्रेलले बताए।
त्यसैगरी बुलिङटार गाउँपालिका अहेव टोकबहादुर सुस्लिङ पनि बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनको मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी गत साता हुप्सेकोटका लक्ष्मण कार्कीलाई पनि जबरजस्ती करणी प्रयासको मुद्दा चलेको छ।
उनले घर कोही नभएको मौका पारी एक जना महिलालाई जबरजस्ती करणी गर्न खोजेको र अहिले उनी फरार रहेको प्रहरीले जनाएको छ।
त्यस्तै गैडाकोटमा सन्तोष विकले आफ्नो १४ बर्षीया झड्केलो छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनी विरुद्ध मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
उनले केही दिन अगाडि छोरी हराएको भन्दै उजुरी गरेको भए पनि पछि प्रहरीले छोरी सँगै पक्राउ गरी बलात्कार गरेको मुद्दा चलाएको हो।
गत महिनामै गैडाकोटमा एक जना १४ बर्षीय बालकलाई यौन दुव्र्यवहारको मुद्दा लागेको थियो । उनले आफ्नै ७ बर्षीय बहिनीलाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको भए पनि जिल्ला अदालत नवलपुरको आदेशमा परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरीले गैडाकोटकै अर्का एक जनालाई आफ्नै ७ बर्षीय झड्केलो छोरी यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको छ। प्रहरीले गैडाकोट १ का ४४ बर्षीय अमृत गुरुङलाई झड्केलो छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको छ। पछिल्लो समय महिला हिंसाका घटनाहरु बाहिर आउने क्रम बढेको छ।



सम्बन्धित
Loading...