दिल्ली विधानसभा चुनावको मतगणना आज
दिल्ली विधानसभा चुनावको मतगणना आज हुँदै छ । दिल्लीमा कस्को सरकार बन्छ भन्ने कुरा मतगणनाको आजकै नतिजाले स्पष्ट हुने छ ।
दिल्लीको विधानसभाको ७० सिटका लागि फेब्रुअरी आठ तारिखमा भएको थियो । भारतीय जनता पार्टी र आम आदमी पार्टी दिल्ली विधानसभाका मुख्य प्रतिस्पर्धी हुन् ।
अघिल्लो चुनावमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले बहुमत ल्याएको थियो । यसपटक फेरि पनि केजरीवालकै बर्चस्व
दिल्लीमा सरकार गठनका लागि कम्तिमा ३६ सिट ल्याउनुपर्ने हुन्छ ।
मतदानलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणहरुले आम आदमी पार्टीले सबैभन्दा धेरै सिट जित्ने देखाइएको थियो । मत सर्वेक्षणलाई मान्ने हो भने दिल्लीमा आम आदमी पार्टीको सरकार सजिलै गठन हुन्छ ।
तर, मुख्य प्रतिस्पर्धी दल भाजपा, आम आदमी र कांग्रेस दुवैले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।