दिल्ली चुनाव: आम आदमी पार्टीका अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै

भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्।
यो चुनावमा आम आदमी पार्टी (आप)लाई मतदाताहरूले उल्लेख्य रुपमा समर्थन गरेका छन्। यो परिणामले केन्द्रको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का दिएको छ जसले गत वर्षको आमचुनाव सानदार रुपमा जितेको थियो।
भाजपाले दिल्लीमा थप पाँच सिट जितेको छ तर अझै पनि ७० मध्ये उसको पकडमा जम्मा ८ वटामात्रै छन्। बाँकी सबै आम आदमी पार्टीले जितेको छ। “यो भारत आमाको जित हो,” पार्टी कार्यालयमा रहेका आफ्ना समर्थकमाझ केजरीवालले भने।
उनले समर्थकहरूलाई हात हल्लाएर “दिल्लीका जनतालाई प्रेम गर्ने” बताए।