पश्चिम नवलपरासीमा राष्ट्रिय दलित पत्रकार संघ गठन




परासी । पश्चिम परासीमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल पश्चिम नवलपरासीको प्रथम भेलाले अभिषेक रावको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी हरिजन, सचिवमा रामकरण हरिजन, कोषाध्यक्षमा श्याम वन्दन हरिजन, सहसचिवमा अमृता विक चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पवनकुमार हरिजन, लक्ष्मी परियार, अजय हरिजन, रंजित लोहार चयन भएका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष चिन्ता परियार लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सदस्य बैजनाथ जैसवालले दलितलाई अगाडि बढाउन दलितका मुद्दाहरुमा पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिए ।



सम्बन्धित
Loading...