छाडा पशुको उपचार गर्दै युवा, मानवता जगाउँदै
- दिपकराज भट्ट –

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको कन्चनपुर जिल्लाको सडक छेउछाउमा रहेका पशुपंक्षिको उपचारमा यँहाको आई केयर यु समूहले अभियान थालेका छ ।
सडकमा गाडीको ठक्करबाट घाईते भएका र रोगका कारणले थला परेका पशुको उपचार गर्दै आएका छन । बिगत ६ महिना यता निरन्तर आपूmले उपचार गर्दै आएको समूहका संयोजक बिष्णु पनेरुले जानकारी दिए ।
उनले भने – ‘हामी विभिन्न क्षेत्र, समूह र बिदेशमा र देशमा रहेका नेपालीको सहयोग पछिल्लो समयमा गर्दै आएका छन जुन सहयोगले हामीले पशुको उपचारका लागि औषधी र अन्य सामान खरिद गर्ने गरेका छौं । पछिल्लो ६ महिनामा मात्र दुई सय भन्दा बढी सडकमा छाडा पशुचौपायाको उपचार गरिसकेको छ ।