कावासोतीमा खानेपानी टंकी लडेर कामदारको मृत्यु

0

नारायण पंगेनी
कावासोती, १२ मंसिर । 



सांकेतिक चित्र

पूर्वी नवलपरासीको कावासोती १६ गैराटोलमा खानेपानी टंकी लडेर च्याप्दा कुखुराको अण्डा राख्ने क्यारेट बनाउने कारखानामा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुर (नवलपरासी बर्दघाट सुस्तापूर्व) का अनुसार कावासोती १६ डण्डा गैराटोलमा केशव रिमाल अण्डाको क्रेट बनाउने कारखानामा काम गर्ने क्रममा कारखानाले प्रयोग गर्ने खानेपानी टंकी ढलेर च्याप्दा अन्दाजी ३५ बर्षका कृष्ण अधिकारीको मृत्यु भएको हो ।
गम्भीर घाइते अधिकारीको उपचारको क्रममा डण्डाको मध्यविन्दु सामुदायिक अस्पतालमा लैजाँदा अस्पतालले मृत घोषणा गरेको थियो । अर्का एकजना गम्भीर घाइते भएको र उनको उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घाइतेको नाम खुल्न सकेको छैन ।



सम्बन्धित
Loading...