मेघा पार्क रिसाेर्टमा क्रान्तिकारी माओवादीकाे झण्डा
नेकपा क्रान्तिकारी माओवादीले देवचुली नगरपालिकामा रहेकाे मेघा पार्क रिसाेर्टमा झण्डा गाडेकाे छ ।
रिसाेर्टले सार्वजनिक जग्गा अधिग्रहण गरेकाे र उक्त जग्गा फिर्ता गर्न आलटाल गरेकाे भन्दै जग्गा कब्जा गरेकाे नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी न्यूजर्सले बताए ।
झण्डा गाड्दै नेकपा क्रान्तिकारी माओवादीका निर्दााेष
रिसाेर्टले अतिक्रमण गरेकाे सार्वजिनक जग्गा अाजदेखि अाफ्नाे पार्टीकाे नियन्त्रणमा रहेकाे बताए ।
क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसकाे अवसर पारेर उक्त जग्गामा झण्डा गाडेकाे हाे ।
उक्त जग्गामा बनेकाे संरचना हटाउन देवचुली नगरपालिकाले पटक पटक पत्राचार गरेकाे भए पनि पार्कले अटेर गर्दै अाएकाे छ ।
