मदारबाबा मेलामा भारतीयको घुईचो
- नारायण शर्मा –

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने डांडामा १० दिन सम्म लाग्ने मदारबाबा मेलामा भारतीय भक्तजनहरुको घुइचो लागेको छ । पंचमीवाट शुरु भएको मेला महाशिवरात्रि सम्म १० दिन लाग्छ ।
सुस्ता गाउपालिकाको महलवारी वजारवाट ५ घण्टा उकालो पैदल हिडन पर्ने मदारबाबा थानमा जान आउनेमा ९५ प्रतिसत भक्तजनहरु भारतिय हुन । मेला गत सोमवारवाट शुरु भएको हो ।
भारत उत्तर प्रदेश मकनपुरका भारतिय मुस्लिम धर्मगुरु मदार बाबाले ५ सय वर्ष अघि यहाको दाउन्ने पर्वतमा आएर तपस्या गरेको स्थललाई मदारबाबा थान मजार ( मुस्लिम धर्मगुरुले तपस्या गरेको स्थल) भनिन्छ । उनैले तपस्या गरेको स्थलमा हरेकवर्ष माघे पंचमीको दिनदेखि शिवरात्रिका दिनसम्म बिषेश मेला लाग्ने गर्दछ । निसन्तान , अपांग र अन्य दुःख कष्टमा परेकाहरुले तपस्या गरेको स्थलमा आएर पुआआजा गर्नाले मनोकांक्षा पुरा हुने बिश्वासले लाखौ भक्तजन यहा ओइरिन्छन । मदारबाबा मेलाका अबसरमा यहा उनै मदारबाबाका चेलाहरु त्यहा आउने र भक्तजनहलाइ आर्षिबाद दिने गर्छन ।
सुस्ता गाउपालिकाको महलावारीमा मुस्लिम धर्मालम्बिहरुको मस्जिद रहेको छ । त्यहावाट ५,६ घण्टा उकालो पैदल हिडेर मदारबाबा थान पुगिन्छ । मदार बाबा पुग्ने वाटो वा सिंढि नभएपनि पहाडि बाटो आफुखुसि हिडेर जाने चलन छ ,
मेला अबधिमा यहा बाटाको दुबै किनारमा सैयौ पसल खाद्यान्न, लत्ताकपडा , मिठाई पसल , होटल ( झुपडपट्टिी) हरु संचालन गरिएको छ । गत गत सोमवारदेखि नै यहा मेला शुरु भएको हो ।
त्यहा तपस्या गरेका मुस्लिम धर्मगुरुले मदारको ( चोप भएको रुख) दुधखान्थे भन्ने बिश्वास रहेको छ । त्यसैले उनलाई मदारबाबा भनिएको हो भन्ने किंबदन्ति रहेको छ ।
मुस्लिमहरुको मजार भएपनि हिन्दु र मुस्लिमको उत्तिकै श्रद्धा रहेको छ । भारतको दिल्ली , लखनउ , कानपुर ,बाराणासी लगायतका क्षेत्रवाट लाखौ भक्तजनहरु हरेक वर्ष यहा आउने गर्दछन । यहा आउनेहरुमा ९० प्रतिसत भन्दा बढि भारतियहरु नै हुने गर्दछन । नेपालका तराईका जिल्लावाट पनि उत्तिकै भक्तजनहरु ओइरिन्छन ।
मेला ब्यबस्थापन शुन्य
दशौलाख भक्तजनहरु आउने भएपनि यहा मेला ब्यबस्थापनको जिम्मेवारी कसैले लिदैनन । भक्तजनहरु आफुखुशि पैदल हिडेरै आउजाउ गर्ने र बाटोघाटोसमेत भएकोले ब्यबस्थापनमा खास कसैको चासो देखिदैन । त्यत्रो मेलामा प्रहरी र स्वयंसेवकको उपथिती न्यून छ ।
मेलाको आम्दानी देखाइदैन
सैयौ वर्ष अघिदेखि माघे पंचमिदेखि महाशिवरात्रिका दिनसम्म यहा १० , १२ ,दिन मेला लाग्ने भएपनि त्यसको आम्दानी कहिकसैले देखाउने गरेको छैन । मदारथानमा चढाइने भेटि कहाकस्ले लैजान्छ भन्ने कुनै लेखाजोखा छैन । मेलाका अबसरमा बिभिन्न ब्यक्तिगत समुह मिलेर दानभेटि असुल्न तछाडमछाड गरेपनि कुनै एकमुष्ट आधिकारीक आम्दानी बाधेको देखिदैन ।
मेलाको प्रबेशद्धार ५ नम्बर प्रदेशको सुस्ता गाउपालिकाको महलवारी र मदारबाबास्थान गण्डकी प्रदेशको बिनयी त्रिवेणी गाउपालिकाको वडा नम्बर १ र ६ मा पर्दछ । यस पटक वडा नम्बर ६ ले मेला ब्यबस्थापनको जिम्मेदारी पाएको छ । बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष डम्बर जिशिले मदारवावा संरक्षण समिती गठन गरेर पहिलो पटक काम थालिएको जानकारी दिए । उनले सैयौ वर्षअघिदेखि मेला लाग्दै आएपनि कुनै बचत रहेको आफुलाइ जानकारी नभएको बताए । मेलाका लागि जिल्ला प्रशासन कार्यालय पुर्वी नवलपरासीले बिषेश सुरक्षाको ब्यबस्था गरेको छ । मेला अबधिमा ५ सय भन्दा बढि प्रहरी परिचालन गरेको प्रहरीले जानकारी दियो ।
भारतिय सिमानासंग जोडिएको त्रिवेणी बजार नजिक भएकाकारण यहा भारतको टाढाटाढावाट भत्तलजनहरु दर्शनकालागि आउने गरेको स्थानिय हैदरअलि मोमिनले बताए । मदारबाबा थानमा पुग्ने वाटो, सिंढि छैन । भक्तवनहरु जंगलहुदै पैदल हिडेरै त्यहाँ पुग्न बाध्य छन् ।
