दुई किलो गाँजा सहित गैडाकोटमा एक जना पक्राउ


  • शोभा जिसी –



गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ४ झपर्दीबाट एक जना जेष्ठ नागरिक दुई किलो गाँजा सहित पक्राउ परेका छन् ।
प्रहरीले शंकास्पद रुपमा हिडेकोदेखि तनहुँ जिल्लाको देवघाट गाउँपालिका २ बस्ने ७५ बर्षीय रणबहादुर गुरुङलाई चेकजाँच गर्दा उनको साथबाट २ किलो गाँजा फेला पारेको थियो ।
उनलाई पक्राउ गरी लागुऔषध गाँजा शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए ।



सम्बन्धित
Loading...