पंगेनीको उपचारका लागि आर्थिक सहयोग प्रदान

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १० अरुणखोलास्थित जनता उच्च माविका पूर्व विद्यार्थीहरुले केही दिनअघि दुर्घटनामा परी घाइते हुनु भएका निलकण्ठ पंगेनीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
सो विद्यालयको २०४९ सालका एसएलसी ब्याचका विद्यार्थीहरुको समूहले आज चितवनको भरतपुरमा उपचार गराइरहनु भएका पंगेनीलाई अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरेको हो । उनीहरुले नगद एक लाख २२ हजार रुपैयाँ पंगेनी स्वयंलाई नै हस्तान्तरण गरेका छन् । आफ्ना साथीभाइको भावनात्मक सम्बन्धका कारण सहयोग गरिएको टोलीमा सहभागी जीवलाल पुरीले बताउनुभयो ।
अधिकांश विद्यार्थीहरु प्रवासमा रहेकाले सबै उपस्थित हुन सम्भव नभएको पनि टोलीमा सहभागी जीवलाल पुरीले बताउनुभयो ।
सो विद्यालयका राजु केसी, गंगा घिमिरे, किरण श्रेष्ठ, विजय रायमाझी, चुलक खाँण, दिवस श्रेष्ठ, होमलाल सापकोटा, लक्ष्मी सापकोटा, जमुना सापकोटा, शिला श्रेष्ठ, लक्ष्मण काफ्ले, जीवलाल पुरी, निर्मला थापा क्षेत्री, प्रज्ञा मल्ल लगायतका पूर्व विद्यार्थीहरुको समूह अस्पताल पुगेको थियो । उनीहरुले सो क्रममा पंगेनीको सिघ्रस्वास्थ्य लाभको पनि कामना गरेका छन् ।
मध्यविन्दु ११ अरुणखोला लक्ष्मीचोक निवासी पंगेनी गत पुस २६ गते रुखबाट लडेर घाइते हुनु भएको थियो । गम्भीर घाइते उहाँको पुरानो मेडिकल कलेजमा उपचारपछि भरतपुरकै चितवन नेचर केयर हस्पिटलमा थेपारी चलिरहेको छ ।
https://youtu.be/fPbFZ9ibVGA