कावासोतीको लुम्बिनी कलेजमा खाना महोत्सव


  • कमला राना  –



कावासोती । पूर्वी नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको लुम्बिनी आदर्श डिग्री कलेजमा आइतबार खाना महोत्सव भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत होटल व्यवस्थापन विषयका विद्यार्थीहरुद्वारा कलेज प्राङ्गंणमा सम्पन्न महोत्सवमा चाइनिज, इटालियन, बेंगोलि लगाएत २४ प्रकारका खानाका परिकारहरु राखिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कलेज संचालक समितिका अध्यक्ष एवम् पूर्व सांसद महेन्द्रध्वज जिसीले आजको युग सुहाउँदो व्यवहापरक शिक्षाको लागि लुम्बिनी कलेजले शुरुवात स्वरुप खाना महोत्सवको आयोजना गरेको बताए ।
कितावमा पढेका कुराहरुलाइ व्यवहारमा उतार्न सकेमा मात्रै शिक्षाको औचित्य पुरा हुने बताउँदै सविधान सभा सदस्य समेत रहेका जिसीले लुम्बिनी कलेजमा अध्ययनरत होटल व्यवस्थापन विषयका विद्यार्थीले खाना महोत्सव मार्फत दक्षता प्रदर्शन गर्न सफल भएको बताए ।
विगतका वर्षहरुमा समेत कलेजमा होटल व्यवस्थापन विषय अध्ययन गरिदै आएको भएपनि पहिलो पटक विद्यार्थीहरुको पहलमा खाना महोत्सवको आयोजना गरिएको बताउँदै कलेजका प्रिन्सीपल बाबुराम रानाले अबका आउने वर्षहरुमा विद्यार्थीहरुको व्यहारिक दक्षतालाई निखार्ने खालका अन्य कार्यक्रमहरु समेत आयोजना गर्ने बताए ।
यसैगरी विद्यार्थीहरुले प्राप्त गरेका ज्ञानलाई जांच गर्नको लागि खाना महोत्सवको आयोजना गरिएको विषय शिक्षक नारायण कुमालले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस सहायक प्रिन्सीपल यम प्रसाद पौडेल, प्लस टु इन्चार्ज विपीन रिजाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ नवलपुरका जिल्ला अध्यक्ष होमराज रानाभाट, क्रान्तीकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रामकुमार श्रेष्ठ, नेपाल प्रेस युनियन नवलपुरका सचिव खगराज सापकोटा लगायतका पत्रकारहरु, संचालक समीतिका सदस्यहरु, प्रध्यापकहरु र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहको थियो ।



सम्बन्धित
Loading...