बुहारीसँग अनैतिक सम्बन्ध राखेको भन्दै बाबुको हत्या
आफ्नै बाबुको हत्या गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको छ । उनले हत्या आरोप स्वीकारेका छन् ।
आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा देखेपछि रिस थाम्न नसकी बाबुको हत्या गरेको अभियुक्तले बताएकाे रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
गत २८ माघमा रौतहटको दुर्गा भगवती गाँउपालिका-३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
गाईबस्तु बाँध्ने गोठसँगै रहेको छाप्रोमा सुतेका फेकनको अनुहार, टाउको र छातीमा हतौडाले हानिएको र धारिलो हतियारले अनुहार र घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।