कावासोतीमा लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासी । नवलपुर प्रहरीले पूर्वी नवलपरासीको कावासोती १६ डण्डा बजार र ३ घरे चोकबाट लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डा बजारबाट कावासोती १७ का २१ बर्षीय सुनिल महतो र २० बर्षीइ खेम महतोलाई लागु औषध सहित पक्राउ गरेको हो ।
उनीहरुको सातबाट प्रहरीले नाइट्रोभेट १० लेखिएको २ सय ७६ ट्याबलेट र स्पास्पो प्रोक्सिभन पल्स १२ ट्याब्लेट फेला परेको जनाएको छ ।
त्यसैगरी कावासोती १६ तिनघरे चोकबाट प्रहरीले चितवनको भरतपुर महानगरपालिका ३ बाह्रघरे बस्ने २८ बर्षीय कृष्ण बस्ताकोटीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
उनको साथबाट प्रहरीले फेनारगन ४३ एम्पुल, डाइजापाम ४३ एम्पुल र नुफिन ४३ एम्पुल बरामद गरेको जनाएको छ ।
पक्राउ परेको तिनै जनालाई लागुऔषध मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।