लिफ्ट माध्यमबाट मौलाकालिका मन्दिरमा पानी पुर्याउछौँ : अध्यक्ष सापकोटा
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनिएको गैडाकोट नगरपालिकामा रहेको मौलाकालीका मन्दिरलाई थप व्यवस्थापन बनाएर लैजाने गरि काम थालिएको मौलाकालीका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाका अनुसार आगामि दिनमा मौलाकालिका मन्दिर व्यवस्थापन समितिले मन्दिरलाई थप विकास गरि केवलकार, धर्मशाला, विभिन्न स्थानमा होडिङबोर्डहरु राख्ने गरि अघि बढ्ने जानकारी दिए । अध्यक्षा सापकोटाका अनुसार हाल मन्दिरमा आउने दशनार्थि मध्ये १ सय ७५ देखि २ सय जना बस्न मिल्ने भवन रहेको बताए ।
यस्तै मौलाकालिका मन्दिरमा खानेपानीको पर्याप्तता गराउन भेदी देखि लिफ्टको माध्यमबाट खानेपानी मन्दिर परिसर सम्म पुर्याउने योजना रहेको बताए । यस्तै प्रदेश सरकार संग समन्वय गरि धर्मशाला निर्माणको कामलाई अघि बढाउने योजना रहेको अध्यक्ष सापकोटाले बताए ।
यस्तै भू–क्षय व्यवस्थापनमा समितिले विभिन्न योजना बनाई काम अघि सारेको बताए । पर्यटन वर्ष २०२०का लागि पनि मन्दिर व्यवस्थापन समितिले योजना बनाएको सापकोटाले जानकारी दिए । उनका अनुसार पर्यटन वर्ष सफल बनाउन मन्दिरमा सन्त सम्मेलन देखि धार्मिक कार्यक्रमहरु आयोजना गरिने जानकारी दिए ।