कैलालीको मेलघट्टी मा बि मा तालाबन्दी
- राम बिश्वकर्मा –

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ८ दिपनगरमा रहेको मेलघट्टी माध्यमिक बिद्यालयमा तालाबन्दी गरिएको छ । बिद्यालय व्यस्थापन समिती चयनको बिषयलाइ लिएर बिधालयमा तालाबन्दी गरिएको बताइएको छ । बिधालय व्यवस्थापन समितीको बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिधालयमा तालाबन्दी लगाएको बिद्यालय प्रधानाध्यपक खडक कडायत ले बताए। आफनो पार्टी भित्र २ जना महिलालाई समिती भित्र राख्नुपर्नै भन्दै ताला बन्दी गरेका बताइएको छ । यता काग्रेसले १ जना आफनो पार्टी महिला राख्नुपर्नै अडान राखेपछि बिवाद उत्पन्न भएको बताइएको छ । बिद्यालय तालाबन्दी भएपछि कक्ष्ाँ ५,र ८ को प्रयोगात्मक को नगरमा पठाउनु पर्ने , बिद्यालय बिधार्थी पठाइ प्रभाबित भएको बिद्यालय प्रधानाध्यपक खडक कडायत बताउनु भएको छ । यता वडाध्यक्ष्ँ भिम बहादुर बोकटीले बिधालय व्यवस्थापन बिषयलाइ लिएर बिवाद भएपछि बिरबल बमको नेतृत्वमा तालाबन्दी गरेको जानकारी दिनु भएको छ ।