नवलपुरको इट्टा उद्योगमा साढे दुई करोडकोे नोक्सानी, ५० हजार इट्टा नष्ट


तीन दिनदेखि परेको वर्षाका कारण नवलपुर जिल्लाका इँटा उद्योगमा करिव साढ २ करोड बराबरको क्षति भएको छ भने ५० लाख इट्टा नोक्सान भएको जनाइएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।



इँटा उद्योग सङ्घ नवलपुरका सचिव कृष्णप्रसाद गौतमका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको बताए । उनले वर्षाले पुर्याएको क्षतीका कारण जिल्लामा रहेका इट्टा व्यवशायिहरु व्यवशाय नै छाड्ने अवस्थामा पुगेको सचिव गौतमले बताए ।



सम्बन्धित
Loading...