कावासोतीबाट लागु औषध सहित दुई जना पक्राउ


  • सविना थापा –


कावासोती । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
कावासोती १६ तिन घरे चोकमा चेकजाँचको क्रममा नवलपरासीको गैडाकोट २ निवासी ३७ बर्षीइ समिर राइ र चितवनको भरतपुर महानगरपालिका २ निवासी १८ बर्षीय दिपक घिमिरेलाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डाइजोपाम ४६ एम्पुल, फेनारगन ४६ एम्पुल र नुफिन ४६ एम्पुल बराबद गरेको छ । उनीहरुलाई लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...