सवा लाख रकमसहित ७ जुवाडे पक्राउ


दाङ । प्रहरीले सवा लाख बढी रकमसहित जुवाडे पक्राउ गरेको छ ।
दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले १ लाख १६ हजार ५०० रकमसहित गएराति उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारी निवासी ४० बर्षीय शुकबहादुर बुढा, ३८ बर्षीय भिमबहादुर कँडेल, २६ बर्षीय मिनबहादुर घिमिरे ,४६ बर्षीय चेतानन्द बस्नेत, ३२ बर्षीय बशन्त थापा, ३० बर्षीय यमबहादुर केसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ३८ बर्षीय प्रेम विक पक्राउ परेका छन् ।
बुढाको घरमा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही र ईलाका प्रहरी कार्यालय तुलसीपुरवाट खटिएको संयुक्त प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रबक्ता खड्काले बताए ।
पक्राउ परेका सबैजना विरुद्ध अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।



सम्बन्धित
Loading...