सल्यानमा १४ बर्षीया छात्रा बलात्कृत


दाङ। सल्यानमा १४ बर्षीया एक छात्रामाथि बलात्कार भएको छ । गत माघ १२ गते एसइईको तयारी स्वरुप विहान ५ बजे नै ट्यूसन पढ्न जाँदै गरेकी ती छात्रामाथि जंगलमा लगेर जवरजस्ती बालात्कार भएको प्रहरीले बताएको छ ।



जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीका अनुसार बलात्कार पछि पीडकले कसैलाई भने ज्यानमार्ने धम्की दिएका थिए । त्यही त्रासले ती बालिकाले एक महिना दिनसम्म आफु बलात्कृत भएको कुरा अभिभावकलाई भन्न डराएकी थिइन ।

अत्याचार विरुद्ध लड्नु पर्छ भन्ने साथिहरुको हौसला पछि फागुन १८ गते पीडित बालिकाले आफ्ना अभिभावकलाई घटनावारे अवगत गराइन । त्यसपछि फागुन २० गते पीडित बालिकाले अभिभावको सहयोगमा आएर जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिइन । सोही दिन बेलुका प्रहरीले बलात्कारका अभियुक्त १६ बर्षीय किशोरलाई शारदा नगरपालिका बाट पक्राउ गरेको निमित्त प्रहरी प्रमुख वलीले जानकारी दिए ।




बलात्कारको अभियोग खेपेका ती किशोरलाई बुधवार प्रहरीले जिल्ला अदालत सल्यानवाट पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको निमित्त प्रहरी प्रमुख ओलीले जानकारी दिए ।



सम्बन्धित
Loading...