चाेरमारामाा बिद्यार्थीले गरे बेमौसमी तरकारी खेती


  • बिरेन्द्र पराजुली =


नवलपरासीकाे मध्यबिन्दु नगरपालिका–९ बसन्तपुरका लोकसेवा माध्यामिक बिद्यालका ७ कक्षाका बिद्यार्थीलाई बेमौसमी तरकारी खेती गर्न भ्याई नभ्याई छ ।



कक्षा ७ मा अध्यानरत बिद्यार्थीले अध्यान गर्दै आएको पेशा ब्यावसाय विषयलाई प्रयोगमा उतार्न अहिले बिद्यार्थीहरु कस्सिएका छन । ७ कक्षामा अध्यापन गरिने पेसा ब्यावसायलाई प्रयोगात्मक परिक्षामा शिक्षक देबराज न्यौपानेले सहजीकरण गरेका छन । न्यौपानेले अध्यान मात्र गरेर हुदैन ब्यावहारमा उतार्नको लागि बिद्यार्थीलाई बेमौसमी खेती  गराएर प्रयोगात्मक परिक्षामा सहभागी गराउने गरेको बताएका छन ।

बिद्यालयको ३ कठ्ठा जग्गामा अहिले बेमौसमी तरकारी काक्रा, घिरौला, लौका र करेला खेती सुरु गरेका छन । काक्राका बिरुवा उमारे पछि प्रत्येक बिद्यार्थीले घरमै लगेर पनि उत्पादन गरेर देखाउनु पर्ने हुन्छ । यसो गर्दा बिद्यार्थीलाई जिम्मेवारी समेत बहन हुने अभिभावकहरु बताउछन । बिद्यार्थीले उत्पादन गरेको तरकारिहरु बिक्रि वितरण गरेर तिनै बिद्यार्थीको अध्यानमा खर्च गरिने प्रधानाध्यापक लेखराज भण्डारी बताए ।

बिद्यार्थीले सोही विषयको कक्षाको समयमा करेसा बारीमा गएर काम गर्ने गरेको बिद्यार्थी अनुपम सारु बताउछन । हामीले अध्यान गरेको विषयलाई यसरी प्रयोगमा उतार्दा अझ पाठय पुस्तकमा भएको पाठलाई बुझन सजिलो भएको बिद्यार्थीको भनाई छ ।

बेमौसमी तरकारी खेतिको लागि बिउको ब्यावस्था प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट उपलब्ध भएको बिद्यालयले जनाएको छ, भने अन्य प्राबिधिक सहयोग बिद्यालयले गरेको छ ।

यो पहिलो बर्ष बिद्यार्थीलाई विषयगत प्रयोगात्मक परिक्षामा सहभागी गराएको हो । यसले बिद्यार्थीलाई अध्ययानमा सहजता आउनुको साथै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने हुदा अर्को बर्ष देखि अन्य कक्षाका बिद्यार्थीलाई समेत यसरी प्रयोगात्मक परिक्षामा सहभागिता गराउने प्र.अ भण्डारी बताउछन ।



सम्बन्धित
Loading...