मिनी ट्रकको ठक्करबाट कावासोतीका पौडेलको मृत्यु
चितवनमा मिनि ट्रकको ठक्करबाट आइतबार राति कावासोती नगरपालिका १७ ढेबरेनीटार निवासी ४८ बर्षीय ठाकुर पौडेलको निधन भएको छ ।
पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नं. को मिनी ट्रकले आइतबारराति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७, ढेबरेनप्टारका ४८ वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।