नवलपुरकाे नेपाल भारत नाकामा काेराेना हेल्प डेक्स स्थापना
प्रेम चन्द राैनियार –
नवलपरासी । बर्दघाट सुस्ता पुर्व नवलपरासीकाे विनयीी त्रिवेणी गाउँ पालिका वडा नम्बर ७ स्थित ठुलाे वैराज पुलमा नाेभल काेरना भाईरस चेक जाँचका सम्वन्धि Help Desk यानि सहाता कक्षकाेे स्थापना गरिऐकाे छ ।
गण्डकी प्रदेशकाे भारत संघकाे एकमात्र नाकाकाे रुपमा रहेकाे विनयी त्रिवेणीकाे वडा नम्बर ६ र वडा नम्बर ७ भारत संधकाे खुल्ला सिमानाकाे रुपमा रहेकाे वैराज पुलबाट भारतकाे विहारबाट सयाैं मानिस नेपाल भित्रन गरेकाले नाेभल काेरना भाइरस भित्रन नदिन उद्देश्यले नाकामा गाउपालिका स्वास्थ शाखाकाे आयाेजनामा चेक जाँच सहाताया केन्द्रकाे स्थापना गर्नु परेकाे गाउँ पालिका स्वास्थ प्रमुख ध्रुवराज काफ्लेले वताए।
भारत सहित १०४ देशमा काेरना भाईरसकाेे सङ्क्रमण फैलिसकेकाेे र काेरना भाइरसबाट छिमेकी मुलुक भारत पनि काेरना भाइरसकाे सङ्क्रमणबाट प्रभावित भएकाले सिमा नाका खुल्ला भएका कारण काेरना भाइरसकाे सक्रङ्मण नेपाल नभित्रिने दिने उद्धयेसले सिमा नाकामा सुरुक्षाकाे दृ्ष्टिले नाकामा हेल्प डेस्क स्थापना गरुनु परेकाे गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले वताए।
गाउँपालिकाकाे स्वास्थ शाखाकाे अायाेजनामा स्थापाना गरिएकाे उक्त सहायता केन्द्रमा विनयी त्रिवेणी वडा नम्बर ३ र वडा नम्बर ४ बीच रहेकाे हाेेेेेङ्सी शिवम् सिमेन्ट उद्ययाेग प्रा लि , हेण्ड सेन्टिटाइजर ४ थान , टम्प्रेचर मापन थर्मामिटर १ थान , माक्स २ पैकेट , स्प्रे पम्प २ थान , पन्जा १ पैकेट , सहायता केन्द्रलाई सहयाेग गरेकाे हुम्सि शिवम सिमेन्ट उद्योग प्रालिका जनसम्पर्क अधिकारी ऐल्कसले वताए।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर जि सीकाे अध्यक्षतामा स्थापना भएकाे उक्त कार्यक्रममा गाउँपालिका स्वास्थ्य प्रमुख ध्रुवराज काफ्ले , वडा नम्बर ६ र वडा नम्बर ७ का वडा अध्यक्ष प्रितम बहादुर गुरुङ , गाेपाल वहादुर क्षेत्रि , वडा सदसय, मणि कुमार श्रेष्ठ , सफला नेपाल, नेपाल रेडक्रास शाखा त्रिवेणिका अध्यक्ष रनन्ता काफ्ले , न्यु एम्विसन युथ कल्वका अध्यक्ष विश्व मर्दन शाह , स्सत्र प्रहरी वल त्रिवेणि प्रहरी निरिक्षक , ईलाका प्रहरि कार्यालय त्रिवेणिका प्रहरी नायब निरिक्षक , राजनैनिक पार्टिका प्रतिनिधि , विभिन संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।
उक्त कार्यक्रमा विभिन सहभागी अतिथ हरुले सहायात केन्द्र स्थापना भएकाे खुसि व्यक्त गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


