बालाजुमा युवकमाथि तेजाब आक्रमण




काठमाडौंको बालाजुमा एक २७ वर्षीय युवकमाथि तेजाब आक्रमण भएको छ ।

नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि गएराति सुतिरहेकाे बेला उनीमाथि तेजाब आक्रमण भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीका अनुसार सुतिरहेको अवस्थामा उनीमाथि तेजाब आक्रमण गरेकाे आशंकामा उनकी श्रीमतीलाई पक्राउ गरिएको छ ।




राजाराम र प्रतिमाका तीन महिनाका एक सन्तान छन् । पारिवारिक विवादका कारण तेजाब आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ । राजाराम बसचालक हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिमाले भने झ्यालमा एसिड राखिएको र आफैं बोत्तल खसेर मुखमा पर्न गएको बयान दिएकी छन् । यसअघि विभिन्न स्थानमा युवतीहरूमाथि तेजाब आक्रमण गरेका घटना मात्र बाहिर आउने गरेका थिए ।



सम्बन्धित
Loading...